नेपाली टाइम

ब्रेकिङ न्युज

पकेट मार्दै गरेको अवस्थामा दुई युवती पक्राउ परेका छन् ।

समाचार









चितवन । सार्वजनिक बसमा यात्रुहरुकाे पकेट मार्दै गरेको अवस्थामा दुई युवती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीको गस्ती टोलीले बीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको बसकाे यात्रुकाे पाकेट मार्दामार्दै उनीहरूलाई  पक्राउ गरेके हाे ।
पक्राउ पर्नेमा भारतको कलकत्ता स्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. ११ लक्षुमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देव रहेका छन् ।
प्रहरीले बसमा यात्रारत कालिका नगरपालिका वडा नं. १० सिद्धिकी अस्मिता चेपाङको नगद २५ हजार ७० रुपैया र मोबाइल सेट चोर्ने क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।
सवारी साधनमा हुन सक्ने चोरीका क्रियाकलापहरु नियन्त्रणका क्रममा राजमार्ग क्षेत्रमा सादा पोशाकमा खटिएकाे प्रहरीले पाकेट मार्ने क्रममा बीरगञ्जबाट बसमा चढी आएका पुजा देव र प्रिती देवलाई रत्ननगर १ शान्तिचोकमा पक्राउ गरिएको थियो ।
अहिले पनि बसमा यात्रारत यात्रुहरु लुटिने र चोरी हुने आशंकामा सादा पोशाकका प्रहरीहरु खटाइएको समेत प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञवालीले जानकारी दिए ।
उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका छन् । उनीहरुलाई अहिले चोरी मुद्दा अन्तर्गत कारवाही अगाडि बढाइएको समेत  उनले जानकारी दिए ।