नेपाली टाइम

ब्रेकिङ न्युज

निर्माणाधीन भवनबाट खसेर पालुङटारमा एक मजदुरको मृत्यु

गोरखा खबर




गोरखाको पालुङटार नगरपालिका–४ लुइटेल भन्ज्याङमा रहेको अमर ज्योति जनता माध्यमिक बिधालयको निर्माणाधीन भवनबाट खसेर काम एक मजदुरको मृत्युु भएको छ ।

बुधवार साँझ अबेर बिधालय भवनको टपमा बसेर काम गरिरहेका बेला भवनको टप भाचिँएर कास्की जिल्ला घर भएका ३६ बर्षिया मनोज कौडालको मुत्यु भएको हो ।

कौडाल तिन तला माथीबाट सडक बज्रिन पुग्नुभएको थियोे । भवनबाट खसेर बेहोस भएका उनको उपचारका क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीले जनाएको छ ।

घाइतेलाई प्रहरीले उद्दार गरि उपचारका लागि अस्पताल पुयाएको थियो । मृतकका परिवारले बिधालयले क्षतिपुर्ती दिनुपर्ने माग गरेका छन् । क्षतिपूर्तिको बिषयमा कुरा भैरहेको तर कसरी के गर्ने भन्नेमा निस्कर्षमा पुग्न नसकेको विधालयका प्रधानाध्यापक मधव देवकोटाले जानकारी दिए ।

भुकम्पपछि निर्माणको भएको बिधालय भवनको निर्माणको संरचना कमजोर भएका कारण घटना घटेको स्थानियले बताएका छन् । उक्त बिधालय भवन निर्माणको संरचना कमजोर रहेको यस अघि पनि स्थानियहरुले बताउदै आएको थिए ।