नेपाली टाइम

ब्रेकिङ न्युज

कतारबाट महिलालाई अश्लील म्यासेज पठाउदा काठमाडौं झर्नेबित्तिकै प्रहरीको फन्दामा परे सुरेश

गोरखा खबर

काठमाडौं : विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका एकजना व्यक्ति पक्राउ परेका छन्। प्रहरीले गोरखाका २४ वर्षीय सुरेश गुरुङलाई शनिबार काठमाडौंको गोंगबुबाट प्रहरीले पक्राउ गरेको हो।
इन्टरपोल कतारको बोर्डर इमिग्रेसेन रेकर्ड अनुसार सुरेश कतारमा रहेको खुलेको थियो। उनी त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको सूचना प्रहरीलाई पुगेको थियो। त्यसकै आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा गोंगबुको मित्रनगरबाट उनलाई पक्राउ गरेको हो ।
त्यसपछि उनीविरुद्ध इन्टरपोलले गत जेठ १७ गते डिफ्युजन जारी गरेको थियो। प्रतिवादी गुरुङविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।