नेपाली टाइम

ब्रेकिङ न्युज

प्रदेस प्रहरिले गर्यो एसपि रावल को मापसे चेक जाच

राजनिति

गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलको दिउसै मेडिकल चेकजाँच गरेको छ । छड्के निरीक्षणका क्रममा बुधबार दिउसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अबस्थामा भेटेको डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए ।
‘गोरखाका एसपी तीनदिनसम्म सम्पर्कमा नआएपछि हामीले एसएसपीको नेतृत्वको टोलीलाई आन्तरिक रुपमा निरीक्षण गर्न पठाएका थियौं । दिउसो १२ बजे नै निवासमा मादक पदार्थ सेवन गरेर बसेको भेटियो’, डिआईजी घिमिरेले भने, ‘टोलीले गोरखा अस्पतालबाट चिकित्सकको टोली ल्याएर मेडिकल चेकजाँच गरी मुचुल्का पनि गरेको छ । प्रतिवेदन पनि तयार गरेको छ ।’ निरक्षण टोलीको सम्पूर्ण प्रतिवेदन अध्ययन गरी नसकेको भन्दै अहिले यत्ति मात्र भन्न सकिने उनले बताए ।
गोरखा अस्पतालबाट डाक्टर सुचिता अमात्यको टोलीले एसपी रावलको मेडिकल चेकजाँच गरेको अस्पतालले जनाएको छ । एसपी रावलको मेडिकल चेकजाँच गरेको बताउँदै डाक्टर अमात्यले रिपोर्ट बारे बोल्न नमिल्ने बताइन् ।
एसपी रावलले भने यस बारेमा आफूलाई केही थाहा नभएको बताए । ‘आन्तरिक कामले एसएसपीसावको टोली आउनु भएकोचाहिँ हो, अरु कुरा थाहा भएन’, एसपी रावलले भने ।
नौदिनदेखि बेपत्ता भइरहेका गोरखाको यारु बगरका ब्यबसायी धनकमल गुरुङ र उनीमाथि आक्रमण गर्ने छ जनाको खोजी अनुसन्धान बारेमा बुझ्न खोज्दा एसपी रावल सम्पर्कमा नआएपछि प्रदेश प्रहरीको टोली निरीक्षणका लागि पठाएको डिआईजी घिमिरेले बताए । आन्तरिक अनुशासन उल्लंघन गरेको आरोपमा अनुशासनको कारबाही हुनसक्ने डिआइजी घिमिरेले बताए ।