नेपाली टाइम

ब्रेकिङ न्युज

ज्योती मगर को ताल मा झुमे गोरखालि


मनोरञ्जन 

गोरखा ः स्टेजमा गायिका उमा श्रेष्ठ गाउँदै थिइन् । दर्शक ज्योति मगरको पर्खाइमा थिए । आइतवार देखि नै मगर आउने हल्ला थियो । त्यसैले होला अन्य दिनको तुलनामा सोमवार दशै सस्तो बजार मेलामा दर्शकको उपस्थिती बाक्लै  देखिन्थ्यो ।
श्रेष्ठले गीत गाइरहेकै बेला टिसर्ट र मिनी स्कटमा मगर मञ्चमा देखा परिन् । दर्शकहरु ‘ज्योेती मगर’ भन्दै चिच्याउन  थाले । मेलाको माहोल अर्कै  बन्यो । एकैछिनमा उद्घोषक शोभा त्रिपाठीले प्रस्तुतीको लागी मगरलाइ स्टेजमा बोलाइन् ।
दर्शकको ताली र हुटिङले मेला स्थल गुन्जियो । हातमा माइक समाउँदै मगरले ‘आइ लभ यू गोरखा’ भनेर चिच्याएपछि यत्रतत्र छरिएका दर्शक मञ्च तर्फ धुइरिन थाले ।
‘हट’ गायिकाको रुपमा परिचित मगरले गोरखाको कार्यक्रममा पहिलो पटक सहभागी भएको सुनाउदै भनिन्, ‘गोरखा मेरो पहिलो पटक हो, गोरखालीहरु बहादुर छन् भन्ने सुनेको थिए, सेक्सी पनि रहेछन् ।’
दर्शकहरु थप जोसिए । गीतको बिच बिचमा    मगरले माइक दर्शक तर्फ सोझ्याउथिन् । दर्शकहरु स्वरमा स्वर थप्दै गाउथे ।
मगरले ‘उही मुलाको सिंकी’, ‘जिम्मल बा की छोरी’ लगायतका गीतहरु गाइन् । मेलामा गोरखाली गायक दिप सागर थापाको प्रस्तुतीमा पनि दर्शक   झुमे ।
साँझपख भिमसेन खतिवडा, उमा श्रेष्ठ, ज्योती मगर र दिप सागर थापाको दोहोरीले दर्शकलाई नचायो । चेम्वर अफ कमर्स गोरखाको आयोजनामा भइरहेको दोस्रो दशै सस्तो बजार मेलाको सातौ दिन मंगलवार (आज) बिन्दु  परियार, कमला घिमिरे लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।