नेपाली टाइम

ब्रेकिङ न्युज

पहिलो अन्तराष्ट्रिय खेलमै नेपालको लागि ‘गोल्ड’ मेडल जित्ने बाग्लुङ्गे चेली

खेलकुद


बागलुङमा सवैभन्दा धेरै खेलिने खेलमा पर्छ भलिबल । राष्ट्रिय र जिल्ला स्तरीय प्रतियोगिता कम हुने गरेपनि बागलुङका गाउँघरमा हुने मेला महोत्सवबाट उदायका खेलाडीहरु अहिले राष्ट्रिय टिमसम्म पर्न सफल भएका छन् । पछिल्लो समय बागलुङमा भलिबल सहित फुटबल, क्रिकेट प्रति युवाहरुको लगाव धेरै भएपनि राष्ट्रिय टिमसम्मको यात्रा भने कमले गरेका छन् ।
भलिबलको राष्ट्रिय टिममा पर्नेमा पछिल्लो क्रममा बागलुङकी साफिया पुनको नाम समेत जोडिएको छ । बागलुङको गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डबखानीकी पुनले हाल बंगलादेशमा एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् ।
राष्ट्रिय भलिबल टिमको छनोटमा पहिलो पटक सहभागिता हुँदै टिममा स्थान बनाएकी पुनले आफ्नो पहिलो प्रतियोगितामै स्वर्ण पदक प्राप्त गरेकी छिन् । डिल ब्लकर सोफिया पुन २ वर्षदेखि नियमित रुपमा आर्मिको टिमबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन । पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा पर्दै अन्तिम टिममा समावेश भएकी
उनले एभीसि एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफ्गानिस्तानसँग भएको नेपालको पहिलो खेलमा नै डेब्युको मौका पाएका हुन् । एभीसि एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन हुँदा साफियाले उत्कृष्ट खेल प्रस्तुत गरेकी थिइन ।
राष्ट्रिय टिममा खेलेपछि पुनले राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको बताइन । उनले पहिलो पटकमै टिममा परेको बताउँदै भलिबलमा ३–४ बर्ष दुःख गरेको फल प्राप्त भएको बताइन । उनले राष्ट्रिय टिममा पर्नु सपना रहेको बताउँदै आज पुरा भएको भन्दै खुसी व्यक्त गरिन । पुनले राष्ट्रिय टिमबाट खेल्दा जिम्मेबारी पनि थपिएको बताइन ।

पुनले आफ्नो पहिलो प्रतियोगितामै स्वर्ण जित्दा खुसी भएको बताइन । देशका लागि स्वर्ण जित्ने लक्ष्य थियो त्यो पुरा भयो पुनले भनिन अझै देशको लागि धेरै गर्नुछ आफ्नो तर्फबाट महिला भलिबलमा सक्दो गर्नेछु । हाम्रो खेलकुद डटकम बाट ।