नेपाली टाइम

ब्रेकिङ न्युज

गाेरखामा गतबर्षकाे भन्दा सुन्तला उत्पादनमा ३० प्रतिशतले बृद्धि

गोरखा खबर

गाेरखामा गत बर्षको तुलनामा यस बर्ष जिल्लामा ३० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको छ ।
गत आर्थिक बर्ष २०७४/७५ मा पाँच हजार पाँच सय चार मेट्रिक टन उत्पादन भएकोमा चालु आर्थिक बर्ष २०७५÷७६ मा सात हजार ६ मेटिूक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
‘गत बर्ष ८ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेति भएको थियो र उत्पादकत्व ६.४ मेट्रिक टन प्रति हेक्टर रहेको थियो,’ केन्द्रका प्रमुख दुर्गा प्रसाद पण्डितले भने, ‘यस बर्ष ८ सय ६५ हेक्टर क्षेत्रफलमा खेति भएकोमा उत्पादकत्व प्रति हेक्टर ८.१ मेटिूक टन रह््यो ।’
यस बर्ष कुल ३८ करोड ५३ लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको पण्डितले बताए ।
सुन्तला उत्पादनमा बृद्धि भएको स्वयम किसानहरुले स्विकारगरेका छन् । राम्रो बर्षा भएकाले यो बर्ष उत्पादनमा बृद्धि भएको उनीहरुको भनाइ छ ।
मनकामना, ताक्लुङ, ताङलीचोक, फुजेल, मकैसिङ, घैरुङ, नारेश्वर, फिनाम लगायतका क्षेत्रलाइ सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । कतिपय किसानको सुन्तला खेति नै जिविकोपार्जनको मुख्य स्रोत बन्दै आएको छ ।