नेपाली टाइम

ब्रेकिङ न्युज

मलाइ सिम्पल केटा मनपर्छ : मेेचु धिमाल

मनोरञ्जन
काठमाडौं / चर्चित गायन रियालटि शो ‘दि भ्वाइस अफ नेपाल’ को टप ८ सम्म पुगेर बाहिरिएकि मेचु धिमाल पछिल्लो समय सांगीतिक कार्यक्रमहरुमा ब्यस्त छिन् ।

नेपालकै चर्चित गायन रियालिटि बाट परिचित बनेकि मेचु गायनमा अब्बल गायिका हुन् । उनले भ्वाइसको यात्रा टुंगिएपछि दुईवटा गीत समेत रेकर्ड गराएका छन् ।
मेचु धिमालले एक अनलाइन सँगको अन्तर्वार्तामा प्रेम, विवाह र सांगीतिक यात्राको बारेमा खुलेर कुरा गरेकी छिन्’, उनले अन्तर्वार्ताकै क्रममा आफूलाई सिम्पल केटा मन पर्ने समेत खुलासा गरिन् ।
विवाहको प्रश्नमा चाहिँ लामो हाँसो तान्दै, अहिले केही नसोचेको बताइन् , र भविष्यमा संगीत क्षेत्रकै व्यक्ति सँग विवाह गर्ने चाहाना रहेको उनी बताउँछिन् ।

रियालिटि शो बाट चिनिएका प्राय प्रतिस्पर्धिहरु व्यस्त नै देखिन्छ । नेपालमा रियालिटिको होडबाजी चलिरहेको बेला धेरैलाई फाइदा पुगेको पनि अनुमान लगाउन सकिन्छ ।