आफ्नो श्रीमती अर्कै केटा संग अनैतिक प्रेम सम्बन्धमा रहेको श्रीमानले थाहा पाएपछि छुरा प्रहार
प्रवास
प्रबास
#परदेशको_दुखद_घटना
आफ्नो श्रीमती अर्कै केटा संग अनैतिक प्रेम सम्बन्धमा रहेको र खुलमखुल्ला रुपमा अनैतिक क्रियाकलाप गर्दै हिड्ने गरेको कुरा श्रीमानले थाहा पाएपछि छुरा प्रहार। मलेसिया नेपाली नागरिकको लागी रोजगारीको गन्तव्य मध्यको प्रमुख गन्तव्यमा पर्ने गर्छन।मलेसियामा बेलाबखत विभिन्न किसिमको घटनाहरु घट्ने गरेको र ति घटनाहरुको बारेमा सञ्चार माध्यममा समाचार बारम्बार प्रकाशन हुँदै आईरहेको छ। त्यस्तै मलेसियामै घटेको एक घटना पुनःसार्वजनिक भएका छ्न । मलेसियामा कार्यरत नेपाली श्रीमान श्रीमती बिच झगडा भैई कुटाकुट भएको घटना सार्वजनिक भएको हो।बिगत ४ बर्ष देखि मलेसियाको सेलाङ्गर क्वालालम्पुर एरियामा कम्पनीमा कार्यरत नेपाल ठेगाना गोर्खा जिल्ला – १० छेपेटार निवासी रहेका वेग गुरुङ र उनको श्रीमती सुनिता गुरुङ बिच शुक्रबार राती झै-झगडा परेर कुटाकुट हुँदा सुनिता गुरुङ गम्भीर घाइते भएकी छिन । सुनिता बिगत ३ बर्ष देखी जोहोर राज्यमा अवस्थित पोन्टियान भन्ने ठाउँमा लि-बिस्कुट ( Lee biscuit ) नामक कम्पनीमा काम गर्दै आईरहेकी थिईन भने यी दुई बुढाबुढी बिच झगडा परेर कुटाकुट भएको सोही कम्पनीमा कार्यरत नेपाली कामदारले नाम नखुलाउने सर्तमा जानकारी गराउनु भयो ।
( सुनिता गुरुङ )
जानकारी अनुसार वेग गुरुङ एक हप्ता अगाडी श्रीमतीलाई भेट्न भनेर जोहोर गएका थिए तर श्रीमती सुनिताले भने आफ्नै श्रीमान संग भेट्न आनाकानी गर्ने गरेको बुझिएको छ।
सुनिता बिगत केही समयदेखी अर्कै नेपाली केटासँगको अनैतिक प्रेम सम्बन्धमा रहेको कुरा खुल्नमा आएको छ।( सुनिता पछिल्लो समय प्रेम सम्बन्धमा रहेको युवा बिजय राय )
नेपाल ठेगाना धनुषा जिल्ला निवासी बिजय रायसंगको अनैतिक प्रेम सम्बन्धमा रहेको र खुलमखुल्ला रुपमा अनैतिक क्रियाकलाप गर्दै हिड्ने गरेको कुरा श्रीमानले थाहा पाएपछि जोहोर भेट्न गएको बेला श्रीमतीले भेट गर्न र कुरा गर्न नमानेपछि आबेगमा आएर झै-झगडा गर्दागर्दै रिसको झोकमा श्रीमतीमाथी हातपात गर्दै चारपटक छुरा ( चक्कु ) प्रहार गरेर भागेका थिए । तर रातीनै सो घटनाको बारे जोहोरका स्थानीय प्रहरीले थाहा पाए लगतै निज वेग गुरुङको खोजतलासमा लागेको केही समय पश्चात् नै पक्राउ गरि अहिले प्रहरी हिरासतमा राखिएको बताईएको छ ।
छुराको प्रहारबाट गम्भीर घाइते भएकी सुनिताको उपचार जोहोरबारुकै स्थानीय अस्पतालमा आईसियु ( इमर्जेन्सी ) कक्षमा उपचार भैईरहेको छ्न । डाक्टरले बताए अनुसार अवस्था एकदमै गम्भीर रहेको जनाइएको छ भने गुरुङ दम्पतीको घरमा एक छोरा समेत रहेको बताइएको छ।