गोर्खाली भनेर चिनाउने गोरखा जिल्ला
स्थानिय समाचार
नेपालमा मात्र होइन गोरखा शब्दले आज विश्वभरी नै चर्चा पाएको छ । ऐतिहासिक भुरे–टाकुरे राजाहरुको शासन देखि लिएर शाहवंशको सुरुवात भएको जिल्ला हो गोरखा । नेपालको भूगोलमा तिब्बती सिमा देखि तराइको जिल्लासंग जोडिएको जिल्ला पनि गोरखा हो । उत्तरी भेग अर्थात सिर्दिबास देखि माथिका दुर्गम भूगोल जसलार्ई हिमाल पारीको गोरखा भन्ने गरिन्छ । गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदा गोरखामा रहेको छ । मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा छन भने कल्छुमन ताल, कालाताल नारदकुण्ड, दुधपोखरी जस्ता ताल र पोखरीहरु पनि गोरखामा रहेका छन । गोरखा भित्र मनास्लु, हिमालचुली जस्ता हिमचुचुराहरु र विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु गोरखाका धरोहर हुन ।
पूर्वमा वुढिगण्डकी, पश्चिममा चेपे र मरस्याङदी नदी, दक्षिणमा त्रिशुली नदी र उत्तरमा स्वशासित तिब्बत क्षेत्रको वीचमा रहेको गोरखा आजभोली विदेशिहरु मात्र होइन स्वदेशि पर्यटकहरु पुग्ने गरेका छन । २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भई गएको ७ दशमलव ८ रेक्टरस्केलको विनाशकारी भूकम्पले बिनास गरेको गोरखा क्रमश पुन निर्माण भैरहेका छन । गोरखा जिल्लाका गुरुङ समुदायका ग्रामिणबस्ती वारपाक, लाप्राक जस्ता रमणिय ठाउँहरु पर्यटकहरु को गन्तब्य भएको छ । गाउँघरको सफा वातावरण, होमस्टेको सुविधा, सडक यातायातको विस्तारले गर्दा गोरखा जिल्ला आजभोली आन्तरिक एंव वाह्य पर्यटक भित्राउने जिल्लाको नाममा पर्न थालेको छ ।
गोरखाको इतिहास खोज्ने हो भने पृथ्वी नारायण शाह भन्दा पहिला उपत्यकाका यक्ष मल्ल, पाल्पाका मणि मुकुन्दसेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा पनि नेपाल एकिकरणको प्रयास भयको पाइन्छ । त्यस वेला पाल्पा राज्य ठूलो थियो । गोरखा पनि पाल्पा राज्यको अधिनमा थियो । पाल्पाका राजा मणि मुकुन्दसेनको मृत्युपछि उनको छोराले गोरखा राज्यलाई आफ्नोे नियन्त्रणमा राख्न चाहेनन । त्यस पछि विशाल गोरखा राज्य थुम, कोट र गाउका मुखियाहरुले आफै राज्यको घोषणा गरी राज्य चलाउन थाले । यसरी राज्य विभाजन हुदा लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट र वारपाक जस्ता राज्यमा गोरखा विभाजन भयो । राज्य संन्चालन गर्दा राजाको आवस्यकता पर्ने हुदा लिगलिगकोटमा नया परमपराको थालनी भयो । जुन परमपराले प्रत्येक वर्ष विजया दशमीको दिन दौडबाट राजा छान्न थालीयो । त्यसलाई लिगलिगकोटको दरवारबाट चेपेनदीको चेपेघाट सम्मलाई १३ कि.मि को दूरी निर्धारण गरियो । राजा हुने दौड प्रतियोगिता वि.सं.१६१६ मा द्रव्यशाह राजा भएका थिए ।
नेपालको इतिहासमा नै गोरखा जिल्लाको पहिचान र महत्व छुट्टै रहेको छ । नेपाल एकिकरणको वेला ज्योतिषको ज्ञान बाट गणितिय शिक्षा दिने ज्योतिष कुलानन्द ढकालको जन्म गोरखामा भएको थिायो । साथै भिमसेन थापा,,लखन थापा र दोस्रो विश्वयुद्धमा बर्मासगको लडाइमा वीरता कमाई भीसी पदक पाएका गजे घलेको घर पनि गोरखामा थियो । यसैगरी शाह वंशका राजाहरुमा पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्वर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपती शाह, नर भुपाल शाह,र पृथ्वी नारायण शाहको जन्म पनि गोरखामानै भएको थियो । गोरखावासी हरुका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाईको रक्षा गोरखामा गरिने ठाउ भएकोले सोही आधारमा ठाउको नाम गोरखा रहेको मानिन्छ । नेपाली भाषामा घासको फाटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुदाहुदै गोरखा भएको मानिन्छ । यो जिल्लामा घासका ठूला ठूला फाटहरु खर्कहरु रहेका छन । लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्वितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो । यहाको एक ठाउमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ ।
राजसस्थाको विलय पछि अहिले गोरखा जिल्लाको ऐतिहासिक स्थल धार्मीक पर्यटकिय स्थलबनेका छन । गोरखा पुग्ने मानिसहरले शाहवंशका पालाका दरवार, कोट र मठ–मन्दिरहरुको अवलोकन गर्ने गर्दछन । पूथ्वीनारायण शाहको जन्म भएको गोरखा दरवार यहाको आकर्षणको केन्द्रको रुपमा रहेको छ । सदरमुकामबाट करीव ४० मिनेटको पैदल यात्रामा पुग्न सकिने गोरखा दरवारले ऐतिहासिक महत्व राखेको छ । यो दरवार राजा रामशाहको पालामा नै निर्माण भएको हो भन्ने भनाई छ । गोरखा वजारको मध्य भागमा रहेको अर्को दरवार पनि शाह वंशीय राजाहरुको इतिहाससग जोडिएको छ । यस दरवारले मल्लकालिन वस्तुकलाको नमुनाका प्रस्तुत गरेको छ । यस दरवारको झ्याल ढोका र टुडालहरुमा पौराणिक काष्ठ कलाको नमुना देख्न पाइन्छ । गोरखा दरबारबाट करीव १ कि.मी. उत्तर पूर्वमा पर्ने उपल्लोकोट दृष्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको छ । यस स्थलबाट विहानीको सूर्योदयको रमणीय दृष्य हेर्न सकिन्छ । यस स्थलले ऐतिहासिक महत्व समेत बोकेको छ । हालको गोरखा दरवार निमाण हुनु अघि राजा राम शाहको दरवार यसै स्थानमा रहेको मानिन्छ । गोरखा दरबारको नजिक गोरखनाथको मन्दिर एवं गुफा आकर्षणको अर्को केन्द्रको रुपमा रहेको छ ।
गोरखा वजारमा एउटा चौतारो छ । यस चौतारोलाई राजा राम शाहले न्यायदीने चौतारोको रुपमा चिनिन्छ । यसैलाई राम शाह चौतारो भनिन्छ । राम शाहले कुनै कचहरी, सभा, न्याय र उजुरी सुन्ने, महत्वपूर्ण निर्णय र न्यायका कार्यहरु सबै यसै चौतारोमा बसेर गर्थे भन्ने भनाई छ । प्राकृतिक सुन्दरता, अनौठो भौगोलिक वातावरण, हिमाल देखि पहाड, सम्म मैदानी भाग र ठूला टारले फैलिइएको छ गोरखा । ऐतिहासिक कोट, शक्तिपिठ र भुरेटाकुरे राजाहरुले निर्माण गरेका दरवार र कोटमौलामा बनेका मन्दिरहरु गोरखा जिल्लाका धरोहर हुन । गोरखाको लिगलिगकोट ऐतिहासिक स्थल हो । हरेक क्षेत्रका हरेक कुराको इतिहास हुन्छ । इतिहासले नै सवैकुरा समेटछ, त्यसैले होला गोरखाको ऐतिहासिक लिगलिगकोट अहिलेको अवस्थामा पर्यटकियस्थल भएको छ । खस राज्य स्थापना हुनु भन्दा पहिले लिगलिगकोट मगरहरु को अधिनमा थियो । त्यसैले नाम पनि मगर भाषामा रहेको छ । मगर भाषामा लिङलिङ को अर्थ सुन्दर दृष्य, हुन्छ ।
गोरखा जिल्लामा लिगलिगकोट वाहेक अन्य सानाठूला गरी ३६ वटा कोटहरु छन । सवै भन्दा वढी अग्लो कोट अजिरकोट हंशपुरमा छ । जसको उचाइ ६ हजार ५०० मिटर रहेको छ । अन्य कोटहरु मा उपल्लोकोट,जुन हनुमान भन्ज्याङ को पूर्वपट्टी उकालो चढेपछि भेटिने कोट हो । जुन कोटमा वज्र भैरवको मूर्ती छ । गोरखा जिल्लाका अन्य रमणिय पहाडको श्रृखलामा रहेका अन्य कोटहरुमा मिरकोट, धुवाकोट, लकाङ्कोट, ताकुकोट, श्रीनाथकोट, वुङ्कोट जस्ता ऐतिहासिक कोट छन । तर पनि पश्चिम गोरखाको आपपिपल गाविस–४ स्थित सामुन्द्रिक सतह वाट १ हजार ४ सय ३७ मिटर उचाइमा रहेको लिगलिगकोट ऐतिहासिक दृष्टिकोण ले महत्वपूर्ण मानिन्छ । किनकी लिगलिगकोट आफैमा इतिहास हो । शाहवंशको राजतन्त्रको सुरुवात भएको ठाउसंग लिगलिगकोट जोडिएको छ । प्राकृतीक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महत्वपूर्ण छ । यहावाट मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । लिगलिगकोटवाट गोरखा, लमजुङ र तनहू का अधिकांश भूगोल पनि अवलोकन गर्न सकिन्छ ।
गोरखा जिल्लाको दक्षिण सिमामा रहेको ऐतिहासिक धार्मीक पर्यटकिय स्थल मनकामना हो । चाहे धर्मको लागी होस अथवा शैक्षिक भ्रमणको लागि होस मेचि महाकालीका मानिसहरु मनकामना पुग्ने गरेका छन । मनकामना पुगे पछि त्यहा हेर्न पर्ने ऐतिहासिक महत्वका स्थलहरु कतिपयले थाहा नपाउदा केवल मन्दिरको दर्शन गरेर मात्र फर्किनहरुेको सख्या पनि कमि छैन । मनकामना माई को ऐतिहासिक कुरा, शिद्ध लखन थापाको नाम संग जोडिएको छ । मनकामना पुगेपछि त्यहाबाट अध्ययन गर्न सकिने धेरै कुराहरु रहेका छन । धार्मीक कुरा त छदै छ, चाहे प्रकृती प्रेमीहोस अथवा सस्कृती प्रेमी सबै लाई अध्ययन स्थलक मनकामना बनेको छ । मनकामना मन्दिरको बारेमा राजा राम शाहको नाम जोडिएको छ । आजभन्दा करिब तीन सय बर्षअघि हाल मनकामना देवीको मन्दिर भएको ठाउमा एउटा किसानले हलो जोत्दा एउटा ढुंगामा ठेस लागेको र ढुंगाबाट दूध र रगत बग्न थालेछ । यो सुनेपछि लखन थापाले त्यहा तान्त्रिक पूजा गरेपछि रगत रोकिए छ । यो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिए छन । यहाका मूल पुजारी सुरुदेखि हाल सम्म पनि रैथाने थापामगर छन । हालको मगर पुजारी पनि लखन थापाको १७ औं पुस्ताका सन्तान हुन ।
घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउ हो, गोरखाको बारपाक जिल्लाकै प्रमुख पर्यटकीय गाउको पहिचान कमाएको बारपाक गोरखा सदरमुकामदेखि एकदिनको पैदल दूरीमा पर्छ । दरौदीे नदीको किनारैकिनार पुगिने बारपाक जादा प्रसिद्ध दर्जनौ झरना र धेरै हिमशृंखला देख्न सकिन्छ । १ हजार १ सय ५० घरधुरी भएको बारपाकमा घले जातिको बाहुल्य छ । बारपाकमा नेपालकै सुन्दर गाउहरुमध्ये अग्रस्थानमा रहेको बारपाकमा स्थानीयहरुले पर्यटकका लागि होम स्टेको समेत व्यवस्था गरेका छन । पर्यटकलाई बारपाक प्रवेशद्धारबाट झ्याइझ्याई बाजा बजाएर स्वागत गरिन्छ । बाजागाजा सगसगै गाउ घुमाई स्थानीय परिकार गहुको केक खान दिने, अन्तक्रिया कार्यक्रम गर्नेसमेत गर्ने गरेका छन । बारपाकीहरुले सबैजसो घरहरुमा भेडाको मासु, सिस्नुको तरकारी, ढिडो, खान पाउछन । बारपाक जाने आन्तरिक तथा बाह््य पर्यटकले मदिराका पारखीहरुलाई चाख्नकै लागि मात्र स्थानीयस्तरमा बनाइएको आधा गिलास रक्सी पनि दिइन्छ । तर अहिले भुकम्प पछि वारपाकमा पुन निर्माणको काम भै रहेको छ ।
गोरखा अपार जल भण्डार भएको जिल्ला हो । लार्के र ग्याला भन्ज्याङगको संगम स्थान बाट बुढीगण्डकी बग्दै आएको छ । यस नदीमा हिमालपारीको सामागाँउ देखि स्यार खोला, चुलिङग खोला, माछाखोला, नाबुङग खोला, थारुखोला, दोभान खोला, रिचिटे खोलाहरु बेनिघाटमा पुगेर त्रिशुली नदिमा मिसिन्छ । गोरखा जिल्लाको मध्य भागमा बग्ने नदीको नाम हो दरौदी । यो नदीको मुहान बौद्ध हिमालको फेदीमा पर्ने रुपीनाला भञ्ज्याङगमा रहेको नारदकुण्ड हो । दरादी खोलामा भुसुण्डिखार, चुदी, लाङदी, हाडीखोला, लुदीखोला, शम्भु, जराङग, राङगरुङ खोलाहरु मिसिदै आवुँखैरेनीमा पुगेर मस्याङ्दी नदीमा मिसिन्छ । चेपे नदी ऐसिहासिक नदी पनि हो । जुन नदीमा द्रब्यशाह र नरहरि शाहको झगडा मिलाउन उनको आमाले दशधारा दुध वगाएकि थिइन । गोरखाको पश्चिम सिमाना भएर बग्ने चेपे नदीको शिर दुधपोखरी हो । चेपे नदीमा गोरखा जिल्ला बाट मिदिखोला, साहीखोला, स्वारखोला, कदलीखोला मिसिन्छ भने लमजुङगबाट कुएलेखोला चिल्लीखोला र बोराङखोला मिसिदै मस्याङदी नदीमा मिसिन्छ । सामा गाउँमा गुम्बा टोलमा विरेन्द्र ताल अर्थात स्थानीय भाषामा ग्यागोलाच्छो भनिने ताल छ । छेकम्पारको छोसोङमा हिम नदीबाट बनेको ताल छ । यो ताल मु गुम्बा र देरोन गुम्बाको ठिक माथी रहेको छ । ठुलो दुधपोखरी उत्तरी गोरखाको उहियामा रहेको छ । सानो दुधपोखरी बौद्ध हिमालको फेदीमा रहेको छ ।
गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्लामा २ नगरपालिका र ९ गाउँपालिकामा विभाजन गरिएको छ । भौगोलिक स्थिति अनुसार यो जिल्ला २७.१५ डिग्री देखि २८.१५ डिग्री अक्षांश र ८४.२७ डिग्री देखि ८४.५८ डिग्री देशान्तरमा अवस्थित छ । साथै यसको कूल क्षेत्रफल ३६१० वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला समुद्र सतहदेखि करिब २२८ मिटरदेखि ८१६३ मिटर सम्मको उचाईमा रहेर उत्तर दक्षिण फैलिएको भूगोल छ । सुन्तला एव अन्य फलफुल उत्पादनमा गोरखा जिल्ला अगाडी रहेको छ । मरस्याङदी नदी किनारका पालुङटार, च्याङलीटार, विरुवाटार र वुढीगण्डकी किनारको दर्वुङटार, क्यामुनटार मात्र नभएर मध्य गोरखा जिल्लाको दरौदी खोला आसपासका उर्वर खेतीयोग्य जमिनले गोरखालाई कृषि क्षेत्रमा उत्साह बढाएको छ । सडक यातायातले गोरखा जिल्लालाई आजभोली धेरै सुविधा बनाएको छ ।
काठमाण्डौ–गोरखा मात्र नभएर जिल्लाको पूर्वी सिमामा पर्ने आरुघाटमा समेत सडक यातायात चल्न थालेका छन । त्यसै गरी पश्चिम भेगको छेपेटार, पारपाक, आपँपिपल, हरिभन्ज्याङ, लाङदी जस्ता पहाडी ग्रामीण बस्तीमा समेत मोटर पुगेको छ । चार दशक अगाडी सम्म हवाइ मैदान रहेको पालुङटारमा भने आज भोली गौ चरणमा परिवर्तन भएको छ । तर सडक यातायातले भने पालुङटार, ठाटीपोखरी, च्याङलीटार र विरुवाटार समेतका ग्रामीण बस्तीमा सुविधा भएको छ । गोरखा पुगौ, ऐतिहासिक धार्मीक र प्राकृतीक मनोरम दृष्यको अवलोकन गरौ ।