धादिङमा पेस्तोलसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ
समाचार
माघ २२, धादिङ - धादिङमा पेस्तोलसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ
।
पक्राउ पर्नेमा खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आषिश थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन्।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली माविबाट पेस्तोल सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको धादिङका प्रहरी नायव उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए। उनका भने,' उनीहरुको साथबाट एक थान चाइनिज पेस्तोल त्यसमा लाग्ने ७ राउण्ड गोली समेत बरामद भएको छ।'
‘विद्यालयमा क्षेत्रीय स्तरको राष्ट्रपतिरनिङ शिल्ड प्रतियोगिता संचालन भईरहेको थियो, डिएसपी महत्तोले भने, ‘सो स्थानमा ती युवाहरुको क्रियाकलाप शंकास्पद देखिएपछि हामीले उनीहरुलाई नियन्त्रणमा लिई खनतलासी गर्दा हतियार भेटाएका हौँ।’
घटनापछि प्रहरीले प्रतियोगिता स्थल र आसपासमा सुरक्षाकर्मीको थप टोली परिचालन गरेको जनाएको छ। पक्राउ परेका युवाहरुलाई प्रहरीले हिरासतमा लिएको छ भने उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाइने पनि प्रहरीले जनाएको छ। खेलकुद भइरहेको स्थानमा ती युवा पेस्तोल सहित किन गए र उनीहरुको विगत कस्तो थियो भन्ने बारेमा विस्तृत अनुसन्धान भइरहेको डिएसपी महातोले बताए।