नेपाली टाइम

ब्रेकिङ न्युज

गोरखामा चालु आर्थिक बर्षमा १४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्

गोरखा खबर

गोरखामा चालु आर्थिक बर्षमा १४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । जिल्ला टूाफिक कार्यालय गोरखाका अनुसार टूक र मोटरसाईकल ९÷९, टूयाक्टर ८, बस ५ र एक कार दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६२ जना घाइते भएका छन् ।
दुर्घटना १२ पुरुष र दुई बालकको मृत्यु भएको टूाफिक प्रमुख शुकबहादुर विकले बताए । जिल्लाको भौगोलिक अबस्था तथा चालकको असाबधानीका कारण दुर्घटना हुने गरेको उनको भनाई छ । चालु बर्षको असार ६ गतेसम्मको अबधिमा सवारी नियम उल्लघंन गर्नेहरुबाट ६५ लाख ४१ हजार रुपैयाँ जरिवाना संकलन भएको जिल्ला टूाफिक कार्यालयले जनाएको छ ।
नौ हजार छ सय सवारी साधन कारबाही हुँदा जरिवाना वापत सो रकम संकलन भएको हो । कार्यालय प्रमुख विकले मंगलबार जिल्लाका पत्रकारहरुसँग छलफल गर्दै सवारी दुर्घटना न्युनिकरण तथा टूाफिक ब्यबस्थापनका लागि कार्ययोजना बनाएर लागु गर्ने बताए ।
नगरपालिका रोडदेखि बसपार्कसम्म कम्पाउण्ड नभएका हार्डवयर पसल र ठुला गोदाम तथा निर्माण सामाग्री लोड अनलोड गर्नका लागि साभmँ ५ देखि भोलीपल्ट विहान ८ बजेसम्म मात्रै सामान लोड अनलोड गर्ने ब्यबस्था लागु गरि ब्यबस्थापन गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने उनको भनार्इ छ ।गोरखा बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र कार्यान्वयन गर्ने, विहान नौदेखि ११ बजेसम्म र साँझ ३ देखि ५ बजेसम्म नगरपालिका चोकदेखि बसपार्कसम्म लोड अनलोड गर्न रोक लगाउने, निर्माण सामाग्री सडकमा राख्न रोक लगाउने, सदरमुकाम क्षेत्रमा उचित बसपार्क क्षेत्रको ब्यबस्थापन गर्ने, रातो नम्बरको सवारी साधनलाई यात्रु ओसारपोसारमा निरुत्साहित गर्ने, ग्रामीण र पक्की सडकमा सिट क्षमताभन्दा बढि यात्रु राख्ने प्रवृत्तिलाई रोक्ने लगायतका विषयमा सरोकारवालासँग छलफल गरि कार्ययोजना लागु गर्ने उनले जानकारी दिए ।