नेपाली टाइम

ब्रेकिङ न्युज

केरौंजाकी एलिजा गुरुङ काठमाडौंमा जारी मिस इण्डिजेनियस एसके इन्टरटेनमेण्ट २०१९ को छनौट

गोरखा खबर
दुर्गम गाउँ केरौंजाकी एलिजा गुरुङ काठमाडौंमा जारी मिस इण्डिजेनियस एसके इन्टरटेनमेण्ट २०१९ को छनौट प्रतियोगितामा भाग लिइरहेकी छन् ।
धार्चे गाउँपालिका २ केरौंजाकी गुरुङले ट्यालेण्ट राउण्ड पार गरी शुक्रबार राष्ट्रिय नाचघर जमलमा हुने फाइनल प्रतियोगिताको तयारी गरिरहेकी छन् । शुक्रबार इन्टरडक्शन राउण्ड, प्रश्नोत्तर राउण्ड र फाइनल राउण्डमा सहभागी हुदैछिन् । फाइनल प्रतिष्पर्धाका लागि एलिजासंगै १० जना छन् ।
केरौंजा घर भई लामो समयदेखि लम्जुङमा रहेकी कृष्ण गुरुङले पनि प्रतिष्पर्धामा भाग लिएकी छन् ।
एलिजा तमु ह्युला छोजधि गुरुङ राष्ट्रिय परिषदको जिल्ला सदस्य र उत्तरी गोरखा तमु समाजको पनि जिल्ला सदस्य हुन् । साथै दुर्गम ठाउँ केरौंजामा रहेर समाजसेवा गरिरहेकी प्रतिभा हुन् ।
प्रतियोगितामा नौ जनालाई उछिनेर मिस इण्डिजेनियस २०१९ बन्न सफल हुने उच्च मनोबलका साथ अघि बढिरहेको उनले बताइन् ।