नेपाली टाइम

मुग्लिनपुलबाट हाम्फालेकीलाई त्रिशुलीबाट निकाले २० बर्षे सन्तोष गुरुङले


गोरखा खबर


हेलिएर आत्महत्या गर्न मुग्लिनको नयाँ पुलबाट त्रिशूलीमा हामफालेकी एक युवतीलाई होटलका मजदुरले बचाएका छन् । आइतवार दिउँसो दुईइबजेतिर मुग्लिङको नयाँ पुलबाट हामफालेकी गोरखा पालुङ्टारकी २६ बर्षीया सर्मिला (नाम परिवर्तित)लाई पुलजीपको होटल फ्रेसफिसका मजदुर २० बर्षका सन्तोष गुरुङले बचाएका इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेश पाठकले जानकारी दिए ।
उनलाई आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । प्रहरीका अनुसार युवतीको स्वास्थ्य अबस्था गम्भीर छ । साँझ अबेरसम्म होश नखुलेको उनले बताए ।
प्रत्यक्षदर्शी डिल्लीप्रसाद पन्तका अनुसार आइतवार दिउँसो करिब दुई बजेको समयमा ती युवती मुग्लिङ पुलबाट हामफालेकी थिइन् । उनी हामफालेको देख्नेबित्तिकै होटेल फ्रेस फिसका मजदुर गुरुङ त्रिशूलीमा हेलिएर उनलाई जीवितै निकाल्न सफल भएका थिए ।
युवती त्रिशूलीमा हामफालेपछि इलाका प्रहरी कार्यालय मुग्लिङको प्रहरी टोली पनि उनको उद्धारका लागि पुगेको थियो ।
ती युवती झोलासहित त्रिशूलीमा हाम्फालेकी थिइन् । उनको झोला पनि निकालिएको प्रहरीले जनाएको छ ।
‘हाम्रो करिब २० मिटर जति नजिकबाट उनी हामफालेकी थिइन् । तत्कालै होटलका कामदारले देखेपछि उनीहरु त्रिशूलीमा पसेर बचाउन सफल भए’, उनले भनेका छन्, ‘ती युवाहरुले युवतीको झोला पनि त्रिशूलीबाट निकालेका छन् ।’ हामफालेकी युवतीका चप्पल बाहेक अरु सबै सामान युवाहरुले त्रिशूलीबाट निकालेका थिए ।
युवती केही समयदेखि डिप्रेशनको औषधी खाने गरेकी बिरामी रहेको प्रहरीले जनाएको छ ।