नेपाली टाइम

शारीरिक समर्पणमा हैन, क्षमतामा अवसर पाउनु पर्छ : मोडल अश्मी श्रेष्ठ

नेपाली मोडेल


नेपाली कलाकारिता संगै मोडलिङमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्य लिएर सक्रिय रहेकी मोडल तथा कलाकार हुन १८ वर्षीय अश्मी श्रेष्ठ । मोडलिङको साथै सर्ट मुभीहरुमा सफल रुपमा स्थापित रहेकी अश्मी मोडलिङमा आफु खुसि हुने र आफ्नो सानै देखिको रुचि भएकोले यहि क्षेत्रमा केहि गर्छु भनेर यो क्षेत्रमा लागेको बताउछिन ।

राम्रो अवसर आए सिनेमा क्षेत्रमा प्रवेश गर्ने उनको सोच रहेको छ । विभिन्न फोटोसुट तथा बिज्ञापनका लागि अफरहरु आइरहेको बताउछिन अश्मी । भविष्यमा सफल ब्यक्तिको रुपमा आफ्नो परिचय बनाउने लक्ष सहित कलाकारिता संगै मोडलिङमा तल्लिन छिन अश्मी अहिले ।

“मलाई मेरो आफ्नो आँखा खुबै मन पर्छ” लजाउदै अश्मीले भनिन : ” म आफुलाई त्यस्तो हट छु जस्तो त लाग्दैन तर मोडलिङमा आउनु भन्दा धेरै अगाडीदेखि नै खुब प्रपोज आउने गर्थ्यो।” अनि अहिले नि भन्ने प्रश्नमा उनि थप्छिन : ” अहिलेको त कुरै नगर्नुस, कति हो कति । जुनै बेला फेसबुक खोल्यो कि आई लभ यु वाला मेसेजको ओइरो हुन्छ।”




१२ कक्षा पास गरेकी अश्मी काठमाडौँको नंया बानेश्वर बस्छिन । ५ फिट २ ईञ्च उचाई तथा ३२/२६/३२ शारीरिक बनावट रहेकी अश्मी भन्छिन : “ट्याटु खोपेको तथा लामो कपाल भएको केटा मान्छे मलाई सेक्सी लाग्छ ।”



नेपाली कला क्षेत्रमा लागेर सन्तुष्ट नै रहेको बताउने अश्मी अझै पनि मेहनतका साथ उत्कृष्ट काम गर्ने मन भएको बताउछिन । पछिल्लो समय नेपाली समाजमा मोडलिङलाइ लिएर सोच धेरै नै परिवर्तन भैसकेको भएता पनि अझै यो क्षेत्रमा काम गर्न त्यति सहज भने नभएको अश्मीको बुझाई छ। मोडलिङ पनि एउटा राम्रो पेसा नै भएकाले यसलाई मर्यादित बनाउनुपर्ने उनको सुझाव छ । अश्मी भन्छिन : ” शारीरिक शोषण गरेर हैन क्षमता हेरेर अवसर दिनु पर्छ ।” उनि थप्छिन : “रङ्गीन दुनियामा रम्न रमाउँन कसलाई मन लाग्दैन होला र यो संसारमा ? त्यसको बदलामा शरीर नै सुम्पिनु पर्ने भन्ने पक्कै हैन ।” पहिलेको तुलनामा यस्तो बिकृति निकै कम भैसकेको भएता पनि अझै काम गर्न त्यति सहज भने भैसकेको अवस्था नरहेको अश्मी बताउछिन ।अश्मीको मिजासिलो, फरासिलो तथा स्पष्टता व्यबहारले पक्कै पनि नेपाली कला क्षेत्रमा नंया आयाम थपिने छ र अश्मीले आफुलाई स्थापित मोडल तथा नायिकाको रुपमा चिनाउने छिन ।