आदर्श पुरुष पाउनु भनेको ढुंगामा देउता खोजे जस्तो हो : मोडल प्रदिका महर्जन
नेपाली मोडेल
प्रदिका महर्जन, पछिल्लो समय मोडलिङ क्षेत्रमा निकै ब्यस्त रहेकी मोडल। हसिलो मुहारमा मन्द मुस्कानका साथ नेपाल टेलिकमको बिज्ञापनमा देखिने महर्जन टेलिकमकी ब्रान्ड मोडल हुन । २०१८ मा एनटिसी मिस नेवाबाट मोडलिङ करियर सुरु गरेकी महर्जनले मिस फ्रेन्डसिपको उपाधि जितेकी थिइन् । ल्याब असिश्टेण्टको अध्ययन पुरा गरेकी महर्जन अहिले भने एक ईभेंट मेनेजमेन्ट कम्पनिमा ईभेंट को-अर्डिनेटरको रुपमा कार्यरत छिन ।

मोडलिङ क्षेत्रमा आफुलाई स्थापित गर्न लागि परेकी महर्जन यसको भविष्यको बिषयमा भन्छिन : “मलाई मेरो बिश्वासले यो क्षेत्रमा माथिसम्म पुर्याउछ । सबै भन्दा ठुलो बिश्वास नै आफ्नो आत्मविश्वास हो र म भित्र त्यो ठाउँसम्म पुग्छु भन्ने बिश्वास छ ।” महर्जनको लक्ष भनेकै अन्तराष्ट्रिय मोडेल बन्नु हो । उनि भन्छिन : ” एकदिन यो सफलता हासिल गरेरै छोड्छु । “


आफुलाई अरुले भनेको जस्तो हट नभए पनि राम्री छु जस्तो लाग्छ भनेर बताउने महर्जन आफ्नो ओठ भने आफैलाई निक्कै मन पर्ने बताउछिन । उनि भन्छिन : ” मलाई मेरो आफ्नै ओठ निकै राम्रो लाग्छ । साथीभाईले पनि पनि खुबै प्रसंशा गर्छन ।” मोडलिङ सुरु गरेदेखि धेरै प्रेम प्रस्ताव आउने गरेको महर्जनलाई फेसबुक, इन्स्टाग्राम, ट्विटरमा बिशेषगरि प्रेम प्रस्तावको ओइरो लाग्ने गरेता पनि अहिलेसम्म प्रेममा नपरेकी महर्जनले कसैलाई प्रेम प्रस्ताव पनि राखेकी छैनन ।

म्युजिक भिडियो र्याम्प सो तथा फेसन कन्टेस्टहरुमा अफर आएपनि अहिले त्यसका लागि समय दिन नसकेकोमा आफुलाई दुख लाग्ने गरेको महर्जन बताउछिन । असल चरित्र र बानि बेहोरा भएको पुरुष देखेपछि हुरुक्कै हुने गरेको बताउदै महर्जन भन्छिन :” कुनै पनि महिलालाई सानो तिनो नै भए पनि आदरका साथ सहयोग गर्ने पुरुष देख्यो भने हुरुक्कै हुन्छु । तर अहिलेको जमानामा त्यस्तो पुरुष पाउनु भनेको ढुंगामा देउता खोजे जस्तो हो ।” महर्जन भन्छिन : “बरु ढुंगामा देउता भेटिएला तर आदर्श पुरुष भेटिदैन ।”

नेपालीपन, नेपाली सस्कृति नेपाली माटो सुहाउदो यो क्षेत्रको विकास हुनु पर्नेमा महर्जन जोड दिन्छिन । उनि भन्छिन : “नेपालीपन बिर्सिएर बिदेशी संस्कृतिलाई आत्मसाथ गरि पछिल्लो समय निर्माण हुन थालेको सिनेमा म्युजिक भिडियोले मलाई निरास बनाउछ ।” टेलिभिजनमा बज्ने अधिकांश बिज्ञापनहरु पनि भारतीय हुन्छन । मात्र यहाँ डबिंग गरिन्छ । यदी त्यो बिज्ञापन नेपालमै निर्माण हुने हो भने नेपाली मोडलिङ क्षेत्रले काचुली नै फेर्ने थियो । “


महर्जनको बुझाईमा सरकारले पनि यस क्षेत्रलाई हेर्नुपर्छ । नेपालमा बज्ने बिदेशी बिज्ञापनमा नेपाली मोडल तथा कलाकारले अभिनय गर्ने अवसर पाउने व्यवस्था मात्र भएपनि अहिलेलाई गर्नुपर्छ । उनि भन्छिन : ” कलाकार राष्ट्रका गहना हुन् भनेर भनिन्छ, तर सरकारले हामीलाई माया भने गर्दैन ।”
महर्जनको बुझाईमा सरकारले पनि यस क्षेत्रलाई हेर्नुपर्छ । नेपालमा बज्ने बिदेशी बिज्ञापनमा नेपाली मोडल तथा कलाकारले अभिनय गर्ने अवसर पाउने व्यवस्था मात्र भएपनि अहिलेलाई गर्नुपर्छ । उनि भन्छिन : ” कलाकार राष्ट्रका गहना हुन् भनेर भनिन्छ, तर सरकारले हामीलाई माया भने गर्दैन ।”