नेपाली टाइम

ब्रेकिङ न्युज

धादिङको बेनीघाटस्थित झोलुङ्गे पुलबाट एक दम्पती दुई छोरासहित त्रिशूली नदीमा हामफाले

समाचार













धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हामफालेका छन् ।
बिहीबार साँझ ६ बजेतिर काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने र उनकी श्रीमती दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिशूली पुलबाट नदीमा हामफालेका उनीहरुमध्ये  बिनयलाई जिवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै दुई नाकाबलक छोराहरु वेपत्ता छन् । वेपत्ता हुने बालकहरु २ वर्ष र ६ महिनाको भएको प्रहरीले जनाएको छ ।
उनीहरु किन एकसाथ नदीबाट हामफाले भन्नेबारे खुल्न सकेको छैन । अहिले प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य तीव्र बनाउनुका साथै घटनाबारे अनुसन्धान थालेको छ ।