नेपाली टाइम

ब्रेकिङ न्युज

कुटपिटबाट १ जनाको ज्यान गयो

गोरखा खबर

गोरखा, १  माघ ।  गोरखा बजारको रानीबन क्षेत्रमा कुटपिटबाट १ जना पुरुषको ज्यान गएको छ । गोरखा नगरपालिका ६ रानीबनको छाँपमा रामबहादुर सिर्मलले कुटपिट गर्दा गोरखा नगरपालिका ८ थाकलडाडाँका ५९ वर्षिया गोपाल उपरकोटीको ज्यान गएको हो ।
मृतक उपरकोटी र कुटपिट गर्ने सिर्मल दुवै ससुरलीबाट फकर्ने क्रममा बाटोमा भेट हुदाँ सामान्य कुरामा विवाद भए पछि मुक्का मुक्की गरेको स्थानीयले बताए ।
छाती तथा शरिरको विभिन्न भागमा मुक्का लागेको उपकोटी तत्कालै ढले पछि उनलाई गोरखाको अपोलो अस्पताल लगिएको भएता पनि उनलाई चिकित्सकहरुले मृक्त घोषित गरेका थिए ।
बुधवार दिउसो ४ः३० बजे उक्त घटना भएको प्रहरीले बताएको छ।
माघे संक्रान्तीका दिन आ–आफ्नो ससुरालीबाट फर्केका दुवैले मादक पदार्थ सवेन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ ।
मृक्तकलाई अहिल पोष्ट मार्टमका लागि गोरखा अस्पताल ल्याईएको छ, भने घटनामा संलग्न सिर्मललाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।