नेपाली टाइम

५० हजारको प्रलोभनमा दिलीपको विभत्स हत्या

अपराध दुर्घटना


काठमाडौं, २७ पुस । क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्ने दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य खुलेको छ।
मिथिला नगरपालिका ५, श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो।
चुरियामाई बालुवा प्रशोधन उद्योगका मालिक विपिन महतोले दिलीपको हत्या गराएको स्रोतको दाबी छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा गोविन्द महतोले लेखेका छन्।
उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास १२ का जितेन्द्रकुमार, बर्दिबास ९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी रोशन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए।
किचेर हत्या गराउन क्रसरधीन विपिनले ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नैपर्छ,’ विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिल गरेको स्रोतले जानकारी दिँदै भन्यो।