नेपाली टाइम

ब्रेकिङ न्युज

पालुङटारबाट विप्लव समूहका गोरखा जिल्ला सदस्य पक्राउ

राजनिति

गोरखा : नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य पक्राउ परेका  छन् । शनिबार राती ओम प्रकाश गुरुङलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ।
पालुङटार नगरपालिका ७ च्याङली घर भएका गुरुङलाई घर आसपासबाटै पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए ।
पक्राउ परेका गुरुङमाथि शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।