नेपाली टाइम

ब्रेकिङ न्युज

पाइपमा चिप्लेर गोरखाको अश्राङमा एक महिलाको मृत्यु

गोरखा खबर












गोरखा, ३ माघ । गोरखामा खानेपानी आयोजनाको पाइपमा चिप्लिएर एक महिला कर्मचारीको मृत्यु भएको छ । भिमसेन गाउँपालिका अन्तर्गत अश्राङ लिफ्टिङ खानेपानी आयोजनाकी कर्मचारी सीता सिम्खडाको पाइपमा चिप्लिएर मृत्यू भएको हो ।
खानेपानी वितरणका लागि गेटभल्व खोल्न जाँदा पाइपमा चिप्लिएर लड्दा भीमसेन थापा गाउँपालिका-६ निबासी ४५ बर्षीया सिँखडाको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।
जिल्ला अस्पताल गोरखामा पोष्टमार्टपछि शुक्रबार नै उनको अन्तिम संस्कार गरिएको छ ।