नेपाली टाइम

ब्रेकिङ न्युज

लगातार परेको हिउँदे वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

समाचार





चितवन, ३ माघ । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । लगातार परेको हिउँदे वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो।
चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेको हो।
बिहीबार रातिदेखि भएको वर्षाले पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएको छ । पानी पर्न नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउनका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन भएको प्रहरीले बताएको छ।