नेपाली टाइम

ब्रेकिङ न्युज

पृथ्वी जयन्ती मा सार्बजनिक बिदा

गोरखा खबर



पुस२७ गते पालुङ नगरपालिका, गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाले पालिका भित्र सार्वजनिक बिदा दिएका छन् । कार्यपालिकाको बैठकबाट निर्णय गरेर सार्वजनिक सुचना जारी गर्दै उक्त दिन पालिका मातहतका कार्यालयमा बिदाको निर्णय सार्वजनिक गरेका हुन् । तीनवटै पालिकाले स्थानीय स्तरमै वृहत कार्यक्रमको आयोजना गरि पृथ्वीजयन्ती मनाउन लागेको बताएका छन् ।

पृथ्वी जयन्तीको अवसर पारेर गोरखा नगरपालिकाले पुस २६ र २७ गते बिभिन्न कार्यक्रम गर्ने भएको छ । २६ गते पृथ्वीनारायण शाहा र एकिकरण सम्बन्धी इतिहासबिद् दोर्णराज काफ्लेको उपस्थितीमा पत्रकार महासंघ गोरखाको समन्वयमा प्रवचन हुनेछ । बुधवार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि २७ गते बिहान नगरक्षेत्रको सरसफाई र दिउँसो हरमटारी देखि गोरखा संग्राहालय परिसर सम्म झाँकी ¥याली आयोजना गरिएको जनाएको छ ।
पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक रहेको गोरखा संग्राहालय परिसरमा कोण सभा गर्ने नगरप्रमुख राजनराज पन्तले बताए । ¥यालीको संयोजन उद्योग बाणिज्य संघ गोरखाले गर्नेछ । पृथ्वीनारायण शाह र उनको योगदानको इतिहासले गोरखाको पर्यटनमा समेत फाईदा पुग्ने भएकाले प्रचार प्रसार गर्न स्मरण स्वरुप कार्यक्रम गरिएको नगरप्रमुख पन्तले बताए । नगरपालिकाले २६ गते साँझ घरघरमा दिपवाली गर्न पनि गोरखा नगक्षेत्र भित्रका सबैलाई अनुरोध गरेको छ ।
भिसमेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्ड र पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले पृथ्वीनारायण शाहको उच्च सम्मानमा उक्त दिन सार्वजनिक बिदा दिएर कार्यक्रम गर्न लागिएको बताए । गोरखा र पृथ्वी नारायण शाह बिचको इतिहास प्रचार गर्न सके भ्रमण वर्षमा नेपाल आउने पर्यटकको संख्या उल्लेख्य बढ्ने पालिकाहरुको अपेक्षा छ ।