नेपाली टाइम

ब्रेकिङ न्युज

गोरखाका ५४ वटा टावरबाट ‘फोरजी’ इन्टरनेट सेवा चल्ने

स्थानिय समाचार
देशका ठुला शहरमा सुरु भएको फोरजी इन्टरनेट सेवा नेपाल टेलिकमले गोरखामा पनि सुरु गरेको छ ।
गोरखाका ५४ वटा टावरबाट ‘फोरजी’ इन्टरनेट सेवा चल्ने भएको हो । यस अघि ‘थ्रिजी’ इन्टरनेट सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम गोरखा शाखाले १३ वटा टावरबाट ‘फोरजी’ सुरु भईसहेको जनाएको छ ।
‘गोरखामा नेपाल टेलिकमको ५५ वटा टावर छ’ नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले भने ‘तत्काल थप चार ठाउँबाट सेवा थप्नेछौँ ।’ अन्य टावरहरुमा पनि सेवा बिस्तार गर्दै लैजाने उनले बताए । अहिले गोरखा नगरपालिका आहालेडाँडा, सदरमुकाम, टेलिकमको कार्यालय, दरबार क्षेत्रको रिपिटर टावर, हर्मिकोट , मनकामना, धावा, बिरेञ्चोक, घ्याम्पेशाल, मिरकोट, भच्चेक, बुंकोट,च्याङ्लीको टावरबाट सेवा सुरु भईसकेको छ । बोर्लाङ, आरुघाट, ताकुकोट, भुम्लिचोक लगायत ठाउँमा तत्काल फोरजी बिस्तार गर्ने योजनामा टेलिकम रहेको छ ।
‘फोरजी २५० एमविपिएस् को स्पिडमा चल्छ’ कार्यालय प्रमुख श्रेष्ठले भने ‘थ्रिजी’ भन्दा धेरै छिटो हुनेछ ।’ गाउँगाउँमा रहेको टावरबाट ‘फोरजी’ सञ्चालन गर्दा सहजै इन्टरनेट प्रयोग गर्न सकिने उनले बताए । टेलिकमको टावरमा जडान गरिएको थ्रिजी मेसिन भएको ठाउँमा फोरजी राखिएको हो । नेपालमा भित्रिएको प्रविधि मध्ये मोवाईलमा दु्रत गतीमा इन्टरनेट चलाउन सकिने नेपाल टेलिकमले लागु गरेको फोरजी नै अहिले सम्मको उत्कृष्ठ हो । बढ्दो ग्राहक संख्या र दु्रत गतिको इन्टरनेटको माग धेरै भएकाले ‘फोरजी’ सुरु गरिएको हो ।
नेपाल टेलिकम गोरखा शाखाले गोरखामा फाईवर लिंक सहित टेलिभिजन, ल्याण्डलाईन टेलिफोन र इन्टरनेट चल्न मिल्ने प्रविधि प्रयोगमा ल्याउने भएको छ । त्यसका लागि आवस्यक अध्ययन सकेर तत्काल बजार क्षेत्रमा पाँच हजार बितरण गर्न सकिने कार्यालय प्रमुख श्रेष्ठले बताए । उक्त प्रविधिबाट एउटै डिभाईसले सबै सेवा सहजै लिन सकिन्छ । अहिले सदरमुकामको मुख्य बजार क्षेत्रमा मात्रै उक्त सेवा दिन सकिने टेलिकमले जनाएको छ ।
अहिले टेलिकमले बितरण गर्दै आएको एडिएसएल इन्टरनेटको गती कम भएको भन्दै ग्राहकले गुनासो गर्ने गरेका छन् । मोवाईलबाट इन्टरनेट प्रयोग गर्दा खर्चिलो हुने र ल्याण्डलाईन फोनबाट प्रयोग गर्दा सेवा लिन झन्झट भएको गुनासो गरेका छन् ।