लिगलिगकोट चिनाउन लिगलिग भिलेज स्पोर्टस क्लबको स्थापना
स्थानिय समाचा


गोरखा ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको गोर्खाको लिगलिगकोटलाई खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ ।
लिगलिगकोट स्थाई घर भई काठमाडौँ बस्ने युवाहरु मिलेर यो सस्थाको स्थापना गरिएको हो। जसको अध्यक्षमा संजीव राना मगर चयन भएका छन्।
आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त क्षेत्रको सांस्कृतिक पक्षको बिकास गर्ने उद्देश्यले लिगलिग भिलेज स्पोर्टस नामक संस्था दर्ता गरिएको अध्यक्ष राना बताउछन् ।
पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको लिगलिग क्षेत्रको समग्र बिकास र समृद्धि गर्न, स्थानीय जनताको पहिचान, स्वाभिमान र भाषिक तथा सांस्कृतिक वातावरणमा क्षति नपु¥याई स्थानिय क्षेत्रको बिकास र समृद्धिका कार्यहरुमा सहयोग पु¥याउन, बहुभाषिक, बहुसांस्कृतिक समाजको मुल्य मान्यतालाई सम्मान गर्दै खेलकुद र पर्यटनको माध्यमबाट ऐतिहासिक क्षेत्र लिगलिगकोटलाई विश्वसामु चिनाउने उद्देश्यले संस्थाको गठन गरिएको राना मगरले जानकारी दिएका छन् ।
संस्थाले नेपाली समाजबाट क्रमशः विलुप्त हुँदै जान लागेका स्थानीय तथा रैथाने मौलिक भाषा–संस्कृति, परम्परा, वातावरणमैत्री आदिवासिय ज्ञान तथा प्रविधी, भेषभूषा, चाडपर्व, रैथाने ज्ञान विज्ञान, परम्परागत सम्पदा आदिको संरक्षण, संवद्र्धन र विकासका लागि खेलकुद र पर्यटनका माध्यमबाट पुर्नजागरणका विविधकार्यक्रमहरु गर्नुका साथै नेपाली ग्रामिण युवाहरुको बढ्दो शहरी क्षेत्र तथा विदेश तर्फ बसाईसराई र पलायनलाई न्यूनिकरण गर्न खेलकूद र पर्यटनको माध्यमवाट विकास र समृद्धिका विविध कार्यक्रम तथा अभियान मार्फत ग्रामीण भेगमानै उद्यमशिलताको विकास तथा आयआर्जनका लागि विविध कार्यक्रमहरु गर्ने मगरले जानकारी दिएका छन् ।