तनहु को आँबुखैरेनीमा माइक्रो र बस ठोक्किँदा १७ घाइते
अपराध दुर्घटना


गोरखा : तनहुँको आँबुखैरेनीमा माइक्रो र बस ठोक्किँदा १७ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो र नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो । आबुखैरेनी-२ स्थित नरिघाटमा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।